दफा ३५
कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवा सम्बन्धी विशेष व्यवस्था
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको श्रेणीको पदमा कम्तीमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका कर्मचारीले सम्बन्धित समूह वा उपसमूहको पदमा सेवा प्रवेश गर्दा वा समुहीकृत हुँदाका बखत निर्धारित आवश्यक न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यता सेवा प्रवेश वा समूहीकृत हुनुभन्दा अघि वा पछि प्राप्त गरेको भए त्यस्ता कर्मचारीलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछः-
(क) राजपत्र अनङ्कित द्वितीय श्रेणी दश वर्ष
(ख) राजपत्र अनङ्कित प्रथम श्रेणी बाह्र वर्ष
(ग) राजपत्राङ्कित तृतीय श्रेणी पन्ध्र वर्ष
(घ) राजपत्राङ्कित द्वितीय श्रेणी अठार वर्ष
(२) उपदफा (१) मा जुनसुकैकुरा लेखिएको भए तापनि राजपत्राङ्कित तृतीय श्रेणी, राजपत्र अनङ्कित प्रथम श्रेणी र राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारीले एउटै श्रेणीको स्थायी पदमा
क्रमशः अठार, पन्ध्र र तेह्र वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरी सम्बन्धित सेवा, समूह वा
उपसमूहको पदमा सेवा प्रवेश गर्दा वा समुहीकृत हुँदाका बखत निर्धारित विषयमा न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको भए त्यस्तो कर्मचारीलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ ।
(३) उपदफा (१) र (२) बमोजिमको बढुवा हुन देहायको शर्त पूरा भएको हुनु पर्नेछ ।
(क) दफा २८ अनुसारको अवस्था हुन नहुने,
(ख) पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनमा औषतमा नब्बे प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेको हुनु पर्ने ।
(४) उपदफा (१) वा (२) बमोजिम बढुवाको सिफारिस गर्ने प्रयोजनका लागि देहाय बमोजिमको एक बढुवा समिति रहनेछः
(क) लोकसेवा आयोगको अध्यक्षले तोकेको सो आयोगको सदस्य – अध्यक्ष
(ख) सचिवमध्येबाट सभामुखले तोकेको सचिव -सदस्य
(ग) सचिवालय सचिव – सदस्य–सचिव
(५) उपदफा (४) बमोजिमको बढुवा समितिको सचिवालय व्यवस्थापिका–संसद सचिवालयमा
रहनेछ र बढुवा समितिले यस दफा बमोजिमको बढुवा सिफारिस गर्दा प्रत्येक आर्थिक वर्षको पौष महिनामा एकपटक र आषाढ महिनामा एकपटक गरी वर्षको दुईपटक गर्नु पर्नेछ ।
(६) उपदफा (१) वा (२) बमोजिम बढुवा गर्नको लागि त्यस्तो कर्मचारी बहाल रहेको कार्यालयमा सम्बन्धित सेवा, समूह वा उपसमूहको एक श्रेणी माथिको विशेष पद स्वतः सृजना हुनेछ र त्यस्तो पदमा सम्बन्धित निकायले बढुवा गरेपछि बढुवा कायम भएको मितिदेखि लागू हुने गरी बढुवा भएको विशेष पद निजामती किताबखानाले दर्ता गर्नेछ ।
(७) उपदफा (६) बमोजिमको पदमा बढुवा भएको कर्मचारी जुनसुकै कारणले सेवाबाट अवकाश भएमा वा निज माथिल्लो पदमा बढुवा भएमा वा दरबन्दीको पदमा समायोजन भएमा त्यस्तो पद स्वतः खारेज भई निज यस दफा बमोजिम बढुवा हुनुभन्दा तत्काल अगाडिको पद स्वतः कायम भएको मानिनेछ र सोही बमोजिम निजामती किताबखानाले त्यस्तो पदको अभिलेख व्यवस्थित गर्नेछ ।
(८) दफा १७ बमोजिम समायोजन भएको अवस्थामा बाहेक उपदफा (६) बमोजिमको विशेष
पदमा बढुवा भएको कर्मचारीले त्यसरी बढुवा हुनुभन्दा अगाडिको पदमा बहाल रहँदा सम्पादन
गरेको काम नैसम्पादन गर्नु पर्नेछ ।
तर ज्येष्ठता गणना गर्दा बढुवा भएकै पदको गणना गरिनेछ र यस दफा बमोजिम बढुवा पाएको कर्मचारीले सोभन्दा माथिल्लो श्रेणीको पदको निम्ति हुने सबै प्रकारको बढुवाको निम्ति प्रतिस्पर्धा गर्न पाउनेछ ।
(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्तरवृद्धि हुने पदमा यस दफा बमोजिमको बढुवा व्यवस्था लागू हुने छैन ।
(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम हुने बढुवाले खुल्ला प्रतियोगिताद्वारा पद पूर्ति गर्ने व्यवस्थामा कुनै प्रतिकूल असर पुर्याउने छैन ।
(११) कार्यसम्पादन तथा अनुभवको मुल्याङ्कन द्वारा गरिने बढुवाको दरखास्त आव्हान गर्ने, नतिजा प्रकाशन गर्ने प्रक्रिया र अवधि, बढुवाउपरको उजूरी एवं बढुवा पाउने कर्मचारीहरुको
समायोजन लगायतका कार्यविधि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।